नेरा त्रिभुवन माध्यमिक विद्यालयद्धारा जापानिज व्यक्तिलाई भव्य स्वागत !



कौरव खत्री -गुल्मी २०,कार्तिक ।

गुल्मी मुसिकोटको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको निर्माधिन चारकोठे पक्की भवनको अवलोकनको क्रममा आएका नेपालका लागि जापान राजदुतवासका कार्यक्रम व्यवस्थापक नारुओ कात्तलाई भव्य स्वागत गरिएको छ ।

मंगलवार मुसिकोट नगरपालिका २ मुसिकोट देउराली स्थित रहेको विद्यालयले नेपालका लागि जापानका राजदुतवासका कार्यक्रम व्यवस्थापक नारुओ कात्तेले विद्यालयमा निर्माणधिन पक्की ४ कोठे भवनको अवलोकन तथा निरिक्षण गरेका हुन । विद्यालयको ४ कोठे पक्की भवन निर्माण गर्नका लागि जापान सरकारले ८५ लाख, ८३ हजार आर्थिक सहयोग गरेको छ ।

भवन अवलोकनको क्रममा बोल्दै मसिकोट नगरपालिका २ का वडाअध्यक्ष लक्षमण खत्रीले विद्यालयको विकासका लागि सबैको प्रयास हुनु पर्ने भन्दै विद्यालय विद्यार्थीहरुको घर भएकोले यसमा सबै जिम्मेवार बन्न आग्रह गरे ।

सोही कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक तेज बहादुर महतले विद्यालयको बारेमा चर्चा गदै विद्यालयको लागि भवन सहयोग गर्ने जापान सरकारलाई विशेष धन्यवाद दिए ।

सोही अवसरमा मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य गोविन्द्र नेपाली, मुसिकोट नगरपालिकाका इन्जिनियर राजेन्द्र गौतम, सव इन्जिनियर सन्तोष राउत, विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष बल बहादुर कार्की, गंगा प्राविका प्रधानाध्यापक कौरव खत्री, समाजसेवी दोर्ण नेपाली लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक अभिभावक संघका पदाधिकारी,शिक्षक स्टाफ,अभिभावक,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य कोपिला घिमिरेको अध्यक्षता नेपालका लागि जापान राजदुतावासका कार्यक्रम व्यस्थापक नारुओ कात्तको प्रमुख आतिथ्यता तथा विद्यालयका पूर्व प्रधानाध्यापक तेज बहादुर महतको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपालीले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता