नेपाल द्धारा अमेरीका ३५ रनले पराजित



माघ २५ काठमाडौं ।
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो जित हासिल गरेको छ । त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गरेको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारीत ५० ओभरको खेलमा चार बल बाँकी छँदै सबै विकेट गुमाएर १९० रन बनाउदै अमेरिका लाई जितको लागी १९१ रनको चुनौती पेस गरेको थियो । जबाफी ब्याटिङमा उत्रेको अमेरिकाले ४४ ओभर एक बलमा १५५ रनमात्र जोड्न सक्यो ।

नेपालकालागी ब्याटिङमा तर्फकुशल मल्ल र विनोद भण्डारीले अर्धशतक जोडे । कुशलले आफ्नो डेब्यु खेलमै अर्धशतक बनाएका हुन् । उनले ५१ बल सामना गर्दै ४ चौका र तीन छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन् ।
यस्तै यता बिनोद भण्डारीले ५९ रनको महत्वपुर्ण योगदान गरे । ७९ बल सामना गरेका उनले ६ चौका र एक छक्का प्रहार गरे ।
सुवास खकुरेल व्यक्तिगत ३ रन ,ज्ञानेन्द्र मल्ल २१ र पारस खड्का १९,करण केसीले १२ ,आरिफ शेख २ सुशन भारी ११ र अविनाश बोहरालेअविजित ५ रन जोडे ।
बलीङ तर्फ करण केसीले चार, सुशान भारीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई र कुशल मल्लले एक विकेट हात पारे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता