नेपाल कम्युनिस्ट पाटी निकट अखिल नेपाल शिक्षक संगठन गुल्मीको दोस्रो भेला सम्पन्न !



पुस -१७ गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट अखिल नेपाल शिक्षक संगठन गुल्मीको दोस्रो भेला सम्पन्न भएको छ । सदरमुकाम तम्घासमा सम्पन्न भेलाले इन्द्र ज्योति श्रेष्ठको अध्यक्षतमा ९ सदस्यीय जिल्ला कमिटिको गठन गरेको छ । जसको उपाध्यक्षमा एकदेव पौडेल , सचिबमा धर्म रिजाल, कोषाध्यक्षमा सुनिल थापा, सह सचीवमा प्रदिप राहदी, रहेका छन भने सदस्यमा चुणामणी पन्थी , भानुभक्त राउत लगायत अन्य सदस्य रहेका छन् ।

नवगठित कमिटिलाई बधाई दिदै अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य लक्ष्मण ओलीले सदैव आफ्नो पेसा प्रति इमानदार भैई वैज्ञानिक शिक्षा प्रणाली लागु गर्न तर्फ अग्रसर हुन शिक्षकहरुलाई आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ओलीले शिक्षक परिवर्तनको संवाहक भएको बताए । त्यस्तै नेपाल कम्युनिस्ट पाटीका कार्यबाहक सचिव बसन्त गैरेले शिक्षकनै परिवर्तनको खम्बा भएको बताए । कार्यक्रममा विशेष अतिथि समेत रहेका गैरेले वैज्ञानिक शिक्षा लागु गर्नको निम्ति पाटीले जनमत संग्रहको माग राख्दै आएको बताउदै जनमत संग्रह बाटै देशको व्यवस्था देखी शैक्षिक प्रणाली बदल्नु पर्ने धारण राखेका थिए ।


कार्यक्रममा नेकपाका नेता तथा विभिन्न जन वर्गीय सङ्ठनका प्रमुख तथा प्रतिनिधिले शुभकामना मनव्य राखेका थिए ।
कार्यक्रममा नेकपाका नेता बिनोद पोख्रेल , तारा पोख्रेल , युवा संगठनका मिसन पाण्डे ,जनपत्रकार सङ्ठन अर्घाखाँचीका अध्यक्ष अयन विश्वकर्मा, अखिल क्रान्तिकारीका गुल्मी जिल्ला सदस्य शिभ भुसाल लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता