नेकपा द्वारा गुल्मीमा गाउँपालिका अध्यक्ष सहित विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता !



बैशाख १३ गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटिका नेता तथा कार्यकर्ताले गुल्मीमा गाउँपालिका अध्यक्ष सहित विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । जिल्लाको धुर्कोट गाउँपालिकामा अध्यक्ष ,उपाध्यक्ष र दुई वटा वडामा वडा अध्यक्ष तथा एक वडामा खुल्ला महिला सदस्यले उम्मेदवारी दिएका हुन ।

धुर्कोट गाउँपालिकाको अध्यक्षमा मैत बहादुर नेपाली ,उपाध्यक्षमा तारा बस्नेतले उम्मेदवारी दर्ता गराएका छन । भने वडा नम्बर तिनको वडा अध्यक्षमा बाबुलाल नेपाली र वडा नम्बर छ को वडा अध्यक्षमा चन्द्र पाण्डे (मिसन)ले उम्मेदवारी दिएका छन । त्यस्तै वडा नम्बर चार बाट महिला खुल्ला सदस्यमा लक्ष्मी पोख्रेलले उम्मेदवारी दर्ता गरेकी छ्न ।

पाटीले उम्मेदवार नउठाउने तर स्वतन्त्र उम्मेदवारको रुपमा नेता तथा कार्यकर्तालाई चुनाब लडन दिएको छ । साथै आफ्ना स्वतन्त्र उम्मेदवार नभएको ठाउँमा एमसिसी बिरोधि ,देशभक्त ,ईमानदार उम्मेदवारलाई मतदान गर्न नेकपाले अपिल समेत गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता