नेकपा गुल्मीले भन्यो ‘चन्दा आतंक’ को समाचारप्रति गम्भीर ध्यानाकर्षण छ



भदौ ११, तमघास ।

नेकपा गुल्मीले आफ्नो पार्टीको नाम जोडेर नयाँपत्रिका डटकममा ‘चन्दा आतंक’गरिएको भनि प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै समाचारको खण्डन गरेको छ ।

शुक्रबार साँझ जिल्ला सेक्रेटरी सुमनले एक वक्तव्य जारी गर्दै पार्टीको तर्फबाट ९ औं महाधिवेशन केन्द्रीत स्वेच्छिक सहयोगको अपिल गरिएको तर कसैलाई पनि दबाब दिएर चन्दा उठाउने पार्टीको कुनै नीति नरहेको स्पष्ट गरेका छन् । वक्तव्यमा सेक्रेटरी सुमनले पार्टीको विचार, नीति र आन्दोलनप्रति जनताको बढ्दो आकर्षणबाट विक्षिप्त भएका र पार्टीले कारवाही गरेका कतिपय समूह तथा व्यक्तिले आफ्नो पार्टीलाई बदनाम गर्न कोशिस गरेको बताएका छन् ।

उनले आफ्नो पार्टीको नाम जोडेर पार्टीले कारवाही गरेका केही अराजकहरुले चन्दाका लागी दवाव दिइरहेको सूचना आएकोले यसबारे भ्रममा नपर्न सम्पूर्ण गुल्मेली जनसमुदायलाई अपिल गरेका छन् । नेकपाको ९ औं राष्ट्रिय महाधिवेशन असोज १ देखि ९ गतेसम्म काठमाडौंमा हुने बताएको छ । महाधिवेशन सम्पन्न गर्न नेकपाले देशभर टोल, वडा, गाउँ, नगर, जिल्ला सम्मेलन गरिरहेको छ । यसअघि पनि नेकपाविरुद्ध ‘चन्दा आतंक’को भ्रमपूर्ण समाचारहरु प्रकाशित हुँदै आएका थिए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता