नेकपा गुल्मीद्वारा श्रद्धाञ्जली सभा सम्पन्न !



कात्तिक- १० गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटि गुल्मीले बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
पाटिका केन्द्रिय सदस्य एवम् क्रान्तिकारी योद्धा चन्द्र बहादुर चन्द (विरजङको) सम्झानमा स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको पाटिका कार्यबाहक सेक्रेटरी बसन्त गैरेले बताए ।
जिल्लाको धुर्कोट गाउँपालिका स्थित पिपलधारामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको उक्त पाटिले जनाएको छ ।
श्रद्धाञ्जली सभा कार्यक्रमलाई पाटिका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज भृकुटीले सम्बोधन गर्दै नेता बिरजङले देखाएको बाटो हिड्नु पर्न बताएकी छन ।

साथै १९ महिने जेल जिबन , उनको जीवनी र सङ्घर्षको इतिहास सुनाउदै आम कायकर्ताले उहाँको त्याग ,तपस्या ,बलिदान अनुशरण गर्नु पर्न उल्लेख गरिन ।
श्रद्धाञ्जली सभामा नेकपाका नेता वसन्त गैरे, बिनोद पोख्रेल , भिमकान्त घिमिरे , मिसन लगायतले आफ्ना भनाई राख्दै नेता बिरजङले देखाएको बाटो हिडनु पर्न धारण व्यक्त गरेका थिए ।
एकीकृत जनक्रान्तीको अभियानमा परिवार सहित होमिएका बिरजंग पाटीमा इमान्दर, नैतिकवान , जुझारु नेताका रुपमा परिचत थिए ।

तत्कालिन केपी शर्मा ओलीको सरकाले लगाएको प्रतिबन्धमा विभिन्न यातना सहदै १९ महिना देशका विभिन्न जेल तथा हिरासतमा  बिताएका नेता चन्द्र बहादुर चन्द बिरजङको असोज २८ गते भारतमा निधन भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता