नेकपा गुल्मीको बैठक, एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न अपिल



६ बैशाख, तम्घास ।

नेकपा गुल्मीको प्रथम बैठक जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । बैठकले स्थानीय चुनावमा भ्रष्ट, दलाल र एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न जनतालाई अपिल गर्ने निर्णय गरेको छ ।

बैठकले दलाल संसदी यव्यवस्थाको भण्डाफोर गर्दै १ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गर्दै स्थानीय तहमा भएको बेरुजु, भ्रष्टाचार, आर्थिक अराजकताको शसक्त भण्डाफोर गर्ने निर्णय गरेको जिल्लासेक्रेटरी सुमनले बताउनुभयो ।
उहाँले जिल्लामा शिवगढीमा बसेको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको बताउँदै जिल्लामाभएको महंगी, कालाबजारी, दलाल, तस्कर, सामाजिक अपराधीरलघुवित्त संस्थाको ज्यादती विरुद्ध शसक्त जनकारवाही चलाउने बताउनुभयो ।

बैठकले एमसीसीविरोधी देशभक्त, प्रगतिशील र जनपक्षीयउम्मेदवारको पक्षमामतदान गर्न जनतालाई अपील गर्ने र जनमत संग्रह र वैज्ञानिक समाजवादको पक्षको व्यापकप्रचार गर्ने निर्णय समेत गरेको छ ।
बैठकले जनयुद्धमा सहादतप्राप्त गर्ने मनोजका वुवा सत्यवती गाउँपालिका वडा नं. २ चेहेमीस्थित नरबहादुर तरामुको असामयिक निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता