नेकपा (एस) को गुल्मी ईन्चार्जमा थापा र अध्यक्षमा महत नियुक्त



असोज -१ गुल्मी ।

माधव कुमार नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( एकिकृत समाजवादी) गुल्मीको ईन्र्चाज र अध्यक्षको टुंगो लागेको छ । नेकपा (एस)को प्रदेश कमिटिले गुल्मी जिल्लाको इन्चार्जमा हिमाल थापा र अध्यक्षमा श्रीराम महतलाई नियुक्त गरेको हो ।
अध्यक्षको जिम्मेवारी पाईसकेपछि गुल्मी अपडेट संग कुराकानी गर्दै महतले भने,” नेकपा एमाले क्रान्तिकारी पार्टी रहेन नाम एमाले भएपनि बिचार , सिद्धान्त विहिन भएको आरोप समेत लगाए । जिल्लामा केही सिनियर नेता बाट धोका भएपनि युवा पुस्ताले त्यसको परिपुर्ती गर्ने बताए ।

साथै केही समयमै जिल्लाको भेला तथा वडा सम्मको कमिटि विस्तार गर्ने महतले उल्लेख गरे । उनिहरु नेकपा तथा एमालेमा संघर्ष चर्किएको  बेला माधव समुहको कित्तामा उभिएका थिए ।
पार्टीमा द्धन्द्ध चर्किएको समयमा केपी ओलीलाई प्रतिगमन र समर्थकलाई प्रतिगमनको मतियार भन्दै आरोप लगाएका अन्य नेता तथा कार्यकर्ता भने एमालेमै रहेका छन् ।
उनिहरुले माधव कुमार नेपाललाई धोका दिएको नेकपा (एस) गुल्मीले बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता