निन्युखर्कको माविको ६२ औं वार्षिकोत्सब सम्पन्न



फागुन- १६ गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर तीनमा रहेको निन्युखर्क माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सब सम्पन्न भएको छ ।
दुई दिन सम्म चलेको वार्षिकोत्सबमा विविध कार्यक्रम संगै अन्तरसदात्मक हाजिरी जवाफ प्रतीयोगिता , दौड ,नृत्य लगायतका अन्य कार्यक्रमहरु सम्पन्न भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तितृय हुने विद्यार्थीलाई पुरुष्कृत गरिएको छ ।
६२ औं वार्षिकोत्सबको समापन कार्यक्रमलाई गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले सम्वोधन गरेका थिए । सम्वोधन गदै उनले शिक्षाको विकासको लागी गाउँपालिका सदैव लागी परेको बताएका छन् । त्यस्तै विद्यालयको भौतीक संमरचना निमार्णको लागी गाउँपालिका सदैव विद्यालयको साथमा रहेको उल्लेख गरे ।
साथै शिक्षकहरु समाज रूपान्तरणका मेरुदण्ड भएको बताउदै आफ्नो भुमिका सहि ढंगले निभाउन समेत अध्यक्ष पोख्रेलले आग्रह गरेका छन् ।
६२ औं वार्षिकोत्सब कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापको अध्यक्षता र शिक्षक कृष्ण विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता