नगरबस र अटो जुध्दा एककोे मृत्यु, तीन गम्भीर



जिवन अनसरी फागुन २९ । 

 बाँकेको अतिव्यस्त कोहलपुर चौराहमा आज विहान नगरबस र अटो एक आपसमा जुध्दा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नगरबस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अटो एक आपसमा जुधेका थिए ।

त्यसक्रममा बाँके बैजनाथ गाउँपालिका २ मकैबारीका अटो चालक जयबहादुर रोकाको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अटोमा सवार बाँके बैजनाथ एक चिसापानीका सिजन शाही र जुम्ला तिला गाउँपालिका ३ का मदन शाहीको अवस्था गम्भीर रहेको छ । अर्का एकजनाको भने परिचय खुल्न सकेको छैन् । घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना विहान ८ बजेतिर भएको प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता