नगरपालिकाद्धारा रेसुङ्गा क्याम्पसलाई ५० लाख आर्थिक सहयोग



पुस १९ गुल्मी ।

गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले सोमबार ५० लाख आर्थिक सहयोग गरेको छ । संचालक समितिले आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको शैक्षिक धरोहर भनिएको रेसुंगा बहुमुखी क्याम्पसलाई नगरपालिकाले ५० सहयोग गरेको हो ।

नगरप्रमुख खिलध्वज पन्थीले सोमबार नगरपालिकामा एक कार्यक्रमका बिच रेसुङ्गा बहुमुखी संचालक समितिका प्रमुख श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

गुल्मीको भाग्य र भबिष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व बढेकोले आर्थिक सहयोग गर्ने निर्णय अनुसार क्याम्पसलाई आज सहयोग गरिएको नगरप्रमुख पन्थीले बताउनुभयो । ‘गुल्मीको समुन्नतिको आधार रेसुंङ्गा क्याम्पस भएको भन्दै नगरपालिका शैक्षिक धरोहर जोगाउन प्रतिबद्ध रहेको बताउनुभयो । क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट जोगाउनका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने नगरपालिका प्रमुख पन्थीले बताउनुभयो । साथै छिटै ५० लाख पुन आर्थिक सहयोग गरिने पन्थीले बताउनुभयो ।

रेसुंङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाले ५० लाख आर्थिक सहयोग गरेर विकासको प्रमुख आधार रेसुङ्गा बहुमुखी क्याम्पसलाई संरक्षण गर्ने काम नगरपालिकाले गरेको भन्दै भलामीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

रेसुङ्गा नगरपालिकाले यस अगाडी आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसलाई पुरानै लयमा ल्याउने भन्दै एक करोड यसै आर्थिक वर्ष दिने निर्णय गरेको थियो । नगरपालिकाले पुन ५० लाख सहयोग छिटै गरिने बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता