धुर्कोटमा सम्पन्न अध्यक्षकपको उपाधि पिपलधारा ‘ए’ लाई



हुमाकान्त पोखरेल
गुल्मी, ०७ चैत । धुर्कोट गाउँपालिकाद्धारा आयोजित दोस्रो अध्यक्षकप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ पिपलधाराको ‘ए’ समुहले जितेको छ । आइतबार जैसिथोकको कालापोखरा खेलमैदानमा भएको खेलमा वडा नम्बर ६ रजस्थलको ‘ए’ समुहलाई हराउदै पिपलधारा ‘ए’ ले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाण–पत्र हाँसिल गरेको हो । खेलमा वडा नम्बर ६ रजस्थलको ‘ए’ समुह द्धितिय भएको छ भने जैसिथोक र पिपलधाराको ‘बी’ समुह तृतिय भएको गाउँपालिकाका शिक्षा शाखा सहायक कर्मचारी राजु पछाईले जानकारी दिए ।

दोस्रो र तेस्रो हुने समुहले क्रमश ः ३० एवम् १५÷१५ हजार, नगद र प्रमाण–पत्र प्राप्त गरेका छन् । शनिबारदेखि सुरु भएको खेलमा रेफ्रिको भूमिका निर्वाह गर्ने हुम बहादुर बोहोरा र राजेन्द्र थापालाई पनि सम्मान पत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा पिपलधारा, रजस्थल, वाग्ला र नयाँगाउँबाट दुई÷दुई समूह तथा हाडहाडे, जैसिथोक र वस्तुबाट एक÷एक समुह गरी कुल ११ समुहले सहभागिता जनाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँगाउँमा लुकेर रहेको प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्री, वडा नम्बर २ का अध्यक्ष नविन जिसी, वडा नम्बर ७ का अध्यक्ष हिम प्रसाद पन्थी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, विभिन्न विद्यालयमा अध्यापनरत शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता