धुर्कोटमा करेन्ट लागेर १४ वर्षीय बालक गम्भीर घाइते !



माघ ११ गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिका -१ नयाँ गाउँमा करेन्ट लागेर एक बालक गम्भीर घाइते भएका छन । नयाँ गाउँको तिनपानी बस्ने अन्दाजी १४ वर्षीय बालक सुमन राना गम्भीर घाईते भएको वडा अध्यक्ष चेतमान कुवरले जानकारी दिए ।
आज दिउँसो करिब ३:३० बजेको समयमा पोलमा चढ्ने क्रममा उनलाई करेन्ट लागेको स्थानीयले बताए । घरको पारिवारिक अवस्था अत्यन्त कम्जोर भएका कारण वडा अध्यक्ष चेतमान कुवरको पहलमा स्थानीय मेडिकलमा प्राथमिक उपचार पछि १० हजार सहयोग रकम जुटाएर थप उपचारको लागि तम्घास पठाईएको छ । साथै बालकको उपचारमा सहयोग गर्न वडा अध्यक्ष कुवरले अपिल समेत गरेका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता