धुर्कोटको पिपलधारा ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा



हुमाकान्त पोखरेल-गुल्मी, २२ असार ।

धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारालाई ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा गरिएको छ । मंगरबार औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वडालाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरेका हुन् । चालु आर्थिक बर्षमा पिपलधारामा सबै महिलाहरु स्वास्थ्य संस्थामै प्रसुती भएपछि वडालाई नै पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए । यो आर्थिक बर्षमा पिपलधारामा कुल २३ महिलाहरु प्रसुती भएका थिए ।

जसमध्ये २० जना पिपलधारा स्वास्थ्य चौकी र तीन जना अन्य स्वास्थ्य संस्थामा प्रसुती भएका थिए । भने शिशु मृत्युदर शून्य रहेको छ । धुर्कोट गाउँपालिकामा यसभन्दा अगाडी नै वडा नम्बर ५ वस्तु र वडा नम्बर ६ धुर्कोट रजस्थल ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा भइसकेका छन् । पालिका अध्यक्ष पोखरेलले आगामी बर्षमा बाँकी चार वडा पनि ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा गर्ने कार्यक्रम रहेको बताए ।

शिशु जन्मिदा नै स्वास्थ्य हुनुपर्ने भएकोले सबैलाई स्वास्थ्य संस्थामै प्रसुती हुनुपर्छ भन्ने चेतना अभिवृद्धिको लागि पनि पालिकाले काम गरेको पोखरेलले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता