धर्मेन्द्रको गिरफ्तारीविरुद्ध १० गते नेपाल बन्दसहित संघर्षका कार्यक्रम सार्वजनिक



माघ १
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्ना सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा संघर्ष गर्ने निर्णय गरेको छ । बुधवार प्रहरीले दक्षिण ललितपुरबाट बाँस्तोलासहित ३ जनालाई पक्रेको थियो । ‘कञ्चन’लाई सानेपास्थित एनसेलको मुख्यालयमा भएको विष्फोट र सामाखुसी बम विष्फोटको घटनामा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

बाँस्तोलासहित दुईजना ब्यूरो सदस्य पक्राउको विरोधमा विप्लव समूहले माघ १० मा नेपाल बन्द गर्ने निर्णय गरेको छ । माघ ३ मा देशभर विरोध जुलुस, ५ मा विरोध सभा, माघ ७ मा विरोध प्रदर्शन र माघ ९ मा मशाल जुलुस गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । गिरफ्तारीको भर्त्सना गर्दै विप्लवले भनेका छन्–‘दमनले राज्य सञ्चालक नै समाप्त हुने ओली सरकारलाई चेतावनी दिन चाहन्छौं ।’

रातो पािट बाट लिएको ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता