दुई चरणमा राष्ट्रिय जनगणना ,गुल्मीमा सचेतना गोष्ठी 



चैत १९ -गुल्मी ।

राष्ट्रिय जनगणना २०७८ दुई चरणमा हुने भएको छ । “मेरो जनगणना मेरो सहभागिता” भन्ने नाराका साथ पहिलो चरणमा २०७८ बैशाख २६ गते देखी जेष्ठ १४ गते सम्म २० दिन र दोस्रो चरणको गणना जेष्ठ २५ देखी असार ८ सम्म १५ दिन सञ्चालन हुनेछ । यसै बिच जिल्ला जनगणना कार्यालय गुल्मीले आज सदरमुकाम तम्घासमा राष्ट्रिय जनगणना सम्बन्धि एक दिने सचेतना गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । गोष्ठीमा राष्ट्रिय जनगणना २०७८ को बारेमा जिल्ला जनगणना कार्यालय गुल्मीका कार्यालय प्रमुख मदन पोख्रेलले प्रकाश पारे ।

 

गोष्ठीमा जनगणना के हो र किन गरिन्छ,जनगणनाको उदेश्य ,नेपालमा जनगणनाको इतिहास , जनगणना २०७८का विशेषताहरु,जनगणना सञ्चालनको कानुनी प्रावधान ,जनगणनाको कार्यालय र स्थानीय तह सङको समन्वय लगायतका विभिन्न विषयमा जानकारी गराईएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली , प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा , स्थानीय तहका प्रमुख तथा प्रतिनिधि , सुरक्षा निकायका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता