दार्चुला घटनाका दोषीलाई कारबाहीको माग गर्दै गुल्मीमा विप्लव नेकपाद्वारा विरोध प्रदर्शन



१८ साउन, गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले दार्चुलाको घटनाको भर्त्सना गर्दै गुल्मीमा विरोध प्रदर्शन गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का जयसिंक धामीलाई भारतीय सुरक्षा बलले अमानवीय व्यवहार गर्दै हत्या गरेको भन्दै उक्त पार्टीले सदरमुकाम तम्घासमा विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनलाई नेकपाका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज अपेक्षाले सम्बोधन गरेकी थिइन् । सम्बोधन गर्दै अपेक्षाले नेपाल सरकारको लाचरीपनका कारण सिमा क्षेत्रका नेपालीले सँधै भरी भारतको ज्यादती सहन बाध्य भएको बताइन् ।

साथै घटनाको सत्य तथ्य छानबिन गरि दोषीमाथि कारबाहीको माग गर्दै दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना बिना साम्राज्यवादी अतिक्रमण बन्द हुने कुरा सम्भव नरहेको उनले स्पष्ट पारिन् । साथै उनले थपिन् ‘आफ्नो पार्टीले अगाडी सारेको प्रगतिशील संयुक्त सरकार र जनमत संग्रह मार्फत ल्याइने समाजवादी व्यवस्थाबाट मात्रै राष्ट्र स्वाधीन हुने,जनता सुखि र समृद्धि हुनेछन् ।’

विरोध कार्यक्रममा नेकपा गुल्मीका सेक्रेटरी हिमाल, नेकपाका कार्यकर्ता, अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता