दामोदर भुसाल अब काङ्ग्रेस हुनु हुन्न , कोहि पनि बागी उम्मेदवार छैनन् : सभापती पन्थी



असोज २७ गुल्मी ।

नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसाल अब नेपाली काङ्ग्रेसको साधारण सदस्य पनि नरहेको बताएका छन् ।
आज संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेश `क´ले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पार्टीको निर्णय विपरीत जाने काङ्ग्रेसको सदस्य हुन नसक्ने बताउदै उनलाई पार्टीले कारबाही गरेको कुरा जानकारी गराएका हुन । उहाँ काङ्ग्रेस नभएको कुरा महिले भनेको होइन केन्द्रले भनेको हो ।

हिजो मात्रै केन्द्रले विज्ञप्ति जारी गरि सो कुरा जानकारी गराएको पन्थीले उल्लेख गरे ।
साथै उनले भने ” हामी सबैले सम्झाई बुझाई गर्दा मान्नु भएन उहाँ जस्तो विद्वान डाक्टर मान्छेलाई पार्टीले कारबाही गर्दा दु:ख लागेको छ ” साथै उनले थपे दामोदर बागी उम्मेदवार उठेर कतै निर्वाचन हारिन्छ कि भन्ने चिन्ता छ भने त्यो चिन्ता हटाईदिनुस काङ्ग्रेस बाट कोहि पनि बागी उम्मेदवार छैनन् ” ।

साथै यस पटकको निर्वाचन गठबन्धनले सजिलै जित्ने उनको दावी छ । सबै दलका नेता ,कार्यकर्ता ईमानदार पुर्वक लाग्न उनले निर्देशन समेत दिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता