दलित समुदायको परम्परागत पेशालाई व्यवसायिक बनाउँदै ईस्मा !



पुजा गौतम गुल्मी ।

विभिन्न कारणबाट दलित समुदायको परम्परागत सीप पेशा उपेक्षित र लोप हुँदै गईरहेको बेला गुल्मीको ईस्मा गाउँपालिकाले त्यस समुदायको पेसालाई मर्यादित,आधुनिकिकरण र व्यवसायीकिकरण गर्न सुरु गरेको छ ।

आरने पेशा गर्नेहरुलाई गोलको अभावमा फलाम ताउँ लगाउने काम अर्थात एक देखि अर्को फलाम जोड्न नसक्ने अवस्था आएकोले ईस्मा गाउँपालिका वैल्डिङ्ग मेशिन उपलब्ध गराएको छ । त्यस्तै फलाम काट्न र सान लगाउनका लागि ह्याण्ड ग्यालेन्डर मेशिन उपलब्ध गराएको छ ।

त्यस्तै गाउँमा पुणर्तः लोप हुँदै गएको जुत्ता सिलाउने पेशा संरक्षण गर्नका लागि एक वडा एक जुत्ता सिलाउने पसल सञ्चालन गर्नका लगि ६ वटै वडामा जुत्ता सिलाउने मेशिनहरु निशुल्क वितरण गरेको छ । आरन सुधार कार्यक्रम अन्तर्गत उक्त मेशिनहरु अहिलेलाई २१ घरधुरीलाई वितरण गरिएको र यसको सकारात्मक प्रभाव देखिएको र आगामी दिनहरुमा वृद्धि गरिदै लगिने गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले बताए ।

उनले मेशिनहरु हस्तान्तरण गर्दै त्यसको सहि सदुपयोग गर्न प्रयोगकर्ताहरुलाई आग्रह गरेका थिए । गाउँपालिकाले सुरु गरेको यस्ता कार्यक्रमहरुले दलित समुदायको पेशा मर्यादित हुने,आधुनिकिकरण गर्दै बिशेष गरि दास पर्थाको अवशेषका रुपमा रहेको वाली घरे प्रथाको अन्त्य गर्न मद्दत पुग्ने इस्माका दलित अगुवा तया दलित लक्षित कार्यक्रम इस्माका अध्यक्ष बिष्णु सुनारले बताए ।

हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला खत्री,वडाध्यक्ष तोयनाथ सापकोटा,कार्यपालिका सदस्यहरु कल्पना भुसाल र कमला सुनारको अतिथ्यता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता