तीन बालबालिकाको पाँच बर्षे शैक्षिक खर्च उपाध्यक्षले बेहोर्ने



हुमाकान्त पोखरेल
गुल्मी, ३० असार ।

धुर्कोट गाउँपालिकाकी उपाध्यक्ष सीता गिरीले तीन बालबालिकाको पाँच बर्षको शैक्षिक खर्चको जिम्मा लिएकी छिन् । गाउँपालिकाको वडा नम्बर ३ हाडहाडेस्थित सोमरभोमर माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत बसन्त घर्ती मगर, कक्षा ५ मा अध्ययनरत बन्दना घर्ती मगर र कक्षा ३ मा अध्ययनरत बर्षा घर्ती मगरको शैक्षिक खर्चको जिम्मा लिएकी हुन् ।

बुधबार गुरु पूर्णिमाको अवसरमा गिरीले आफ्नो कार्यकालभर आफ्नो पारिश्रमिकबाट बालबालिकाको खर्च व्यहोर्ने बताएकी छिन् । बालबालिकाहरुको घरको आर्थिक अवस्था कमजोर एवम् आमालाई मानसिक समस्या छ । जसका कारण अर्घाखाँची घर भएपनि उनीहरु मावली घर हाडहाडेमा बस्दै आएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता