तम्घास्थान युवा क्लबकाे उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न



गोकर्ण पाण्डे,गुल्मी।तम्घास्थान युवा क्लबकाे उद्घाटन तथा सम्मान कार्यक्रम हिजाे अर्थात् (आइतबार) अर्खेखाेला शिवालय मन्दिरकाे प्रङ्गणमा सम्पन्न भएको छ।कार्यक्रम तम्घास्थान युवा क्लबका अध्यक्ष नारायण गैरेको सभापतित्व तथा रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कृष्ण प्रसाद पाण्डेकाे प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा कौसिला गैरे,गौरव मरासिनी,सरु भण्डारी, सविना पाण्डे,सुदिप्ति के.सी,समिक्षा कुवँर,रजिन पाण्डे, रन्जिता पाण्डे देउसी भैलाे मा नित्य गरेका लाई सम्मान पनि गरिएको थियाे।त्यस्तै पहिलाे आजीवन सदस्य बन्नु भएको गङदेवि पाण्डे लाई पनि सम्मान गरिएको थियाे।

स्थानीय युवाहरू भित्र रहेका प्रतिभा उजागर,खेलकुदको विकास,विपन्न परिवार लाई सहयाेग, खेल मैदान निर्माणकाे लागि,लगायतका क्षेत्रमा काम गर्ने उद्देश्यले तम्घास्थान युवा क्लबको गठन गरिएको अध्यक्ष नारायण गैरेले बताए।अन्य संस्थाले समेट्न नसकेका कुराहरू यस क्लबले समेट्ने उनको भनाई छ ।
कार्यक्रममा स्थानीय,जनप्रतिनिधि,समाजसेवी,बुद्धिजीवी लगायतका स्थानीय युवाहरूको सक्रिय उपस्थिति रहेको थियो ।
कार्यक्रमकाे सञ्चालन क्लबका सचिव धुर्ब आचार्यले गर्नु भएको थियाे।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता