तम्घासमा निर्माणाधिन घरबाट खसेर एक जना मजदूरको मृत्यु



हुमाकान्त पोखरेल

१८ साउन, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा निर्माणाधिन भवनबाट खसेर एक मजदुरको ज्यान गएको छ ।

सोमबार सदरमुकाम तम्घासको उदिनढुङ्गा जीपपार्कमा निर्माणाधीन बसपार्कको भवनबाट खसेर धुर्कोट गाउँपालिका –७ वाग्लाका ३५ वर्षीय गोविन्द घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

लामो समयदेखि सदरमुकाम तम्घासमा ज्याला मजदुरी गर्दै आएका घिमिरे सोमबार दिउँसो भवनको भुइ तलामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानको क्रममा भवनको छतबाट खसेर मृत्यु भएको पाण्डेको भनाई छ । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र आफन्तको जिम्मा लगाइएको सुचना अधिकारी पाण्डेले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता