तम्घासमा आज देखी क्रिकेट सुरु



सूर्य सुनार माघ १ गुल्मी

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आज देखी क्रिकेट खेल सुरु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा न ८ तम्घासमा रहेको पुलचोक युवा क्लबले आज एक कार्यक्रमका विच जिल्लाको चिदिचौर मैदानमा क्रिकेट खेल संचालन गरेको हो । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । खेलमा ४ टिम दर्ता भएका थिए । जसमा आज तम्घास टारटेन र खानीगाउँ हिटस विच पहिलो खेल भएको थियो । उक्त खेलमा खानीगाउँ लाई हराउदै तम्घास टाइटेन विजेता भएको पुलचोक युवा क्लबका सहसचिब विनोद के.सीले जानकारी दिनुभयो । दा्रेस्रो खेल रोयल सगरमाथा र इटिफाई मिलन चोक विच भएको थियो जसमा रोयल सगरमाथा लाई हसाउदै इटिफाई मिलन चोक विजेता भएको क्लबका सहसचिब केसीले जानकारी दिनुभयो । आज खेलेको टिम तथा खेलाडि भोली पनि खेल्ने छन् । जसको लिगमा वडि नम्बर आउन्छ त्यस टिम प्रथम, हुने क्लबका सहचिब केसीले बताउनुभयो । प्रथम हुने टिमले नगद रु २० हजार शिल मेडल र प्रमाण पत्र पाउने छन् । खेल पौष ४ गते समापन हुने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता