ढाडको समस्याबाट ग्रसित कमलालाई आर्थिक अभाव, सहयोगका लागि परिवारको अपिल



११ कार्तिक, गुल्मी । आर्थिक अभावका कारण गुल्मीकी कमला विक उपचारबाट वञ्चित हुने अवस्थामा पुगेकी छन् । जिल्लाको मालिका गाउँपालिका ८ की ४१ वर्षीया विक ढाडमा समस्या देखिएको छ । अहिले जसोतसो उपचार गराइरहेकी उनको आर्थिक अभावका कारण उपचार असम्भव बन्दै गएको हो ।

लामो समयदेखि ढाडको समस्याबाट ग्रसित भएकी विकको भैरहवा मेडिकल कलेजमा उपचार हुन नसके पछि काठमाडौं पुर्याउँन बाध्य भएको परिवारजनले बताएका छन् ।

२० दिनसम्म भैरहवामा उपचार गराउँदा ४ लाख खर्च भएको र अब काठमाडौ उपचार गराउँदा थप ५ लाख लाग्ने अस्पताललाई उदृत गर्दै उनका भाई विक्रम विकले बताए । उनले भने “दिदिको ढाडमा प्वाल परेका छन्, उपचार गर्न धेरै खर्च लाग्ने हुँदा धनराशि जुटाउने सामर्थ्य हामीसँग छैन ।”

आर्थिक अवस्था कमजोर भएका कारण सबैलाई आर्थिक सहयोग गरिदिन परिवारले अपिल समेत गरेको छ । विकका तीन छोरा र एक छोरी गरि चार सन्तान रहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता