झाँक्रीले भनिन् एमालेमा ओली समर्थक नेता चाकार ,तेस्रो धारका नेता दासी (भिडियो सहित)



नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीकी) सचिव तथा शहरी विकासमन्त्री राम कुमारी झाँक्रीले नेकपा एमालेमा केपी ओलीले चाकर ठान्नेहरूमात्रै बसेको आरोप लगाएकी छन् ।

सोमबार एकीकृत समाजवादी गुल्मीले आयोजना गरेको जिल्ला भेलामा बोल्दै उनले ओली सरले चाकर ठान्नेहरु मात्रै ओलीसँग बसेको र आफुहरुलाई उनले दुस्मन ठानेका कारण बिद्रोह गरि निस्केको बताएकी छन् । ओलीको नजरमा दुनियाँमा चाकर र दुस्मन मात्र रहेको उनको जिकिर थियो ।

नेपाल सरकारकी शहरी विकास मन्त्री समेत रहकी नेतृ झाँक्रीले एमालेमा दश भाई भनेर चिनिने तेस्रो धारका नेताहरु दासी भएको आरोप लगाएकी छन् । बनिबनाउ घरको बहानामा दास बन्न खोजेको उल्लेख गरीन् ।

मन्त्री झाँक्रीले उनिहरुलाई लक्षित गर्दै अहिले नपाए न गुमाए भन्ने अवस्थामा पुगेको स्मरण गराउँदै मंसिरमा पाएको र गुमाएको कुरा प्रष्ट हुने ठोकुवा समेत गरिन् ।

भिडियो

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता