जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर ढकालको विदाई



फागुन- २० गुल्मी ।
विगत दुई वर्ष सात महिना जोहाङ प्राथमिक स्वास्थ्य केन्द सत्यवतीमा कार्यरत डाक्टर शिला ढकालको वुधवार एक कार्यक्रमका बिच विदाई गरिएको छ ।
जोहाङ प्राथमिक स्वास्थ्य केन्द व्यवस्थापन समितिको आयोजनामा डाक्टर ढकालको योगदानको उच्च कदर गदै सम्मान पत्र तथा मायाको चिनो प्रदान गरि विदाई गरिएको हो ।
विदाई कार्यक्रममा बोल्दै ढकालले भन्निन्  “आफु जन्मेको ठाउँमा आफ्ना बुबा आमा, दाजुभाइ तथा दिदिबहिनिको थोरै समय भए पनि सेवा गर्ने पाउँदा खुसी छु महिले सक्दो र जानेको स्वास्थ्य सेवा प्रवाह गरे तथा यस स्वास्थ्य केन्द सुधारको लागी पनि सक्दो कोसीस गरे ” ।
विदाई कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिहरुले डाक्टर शिला ढकालको प्रशांस गरेका थिए ।

डाक्टर ढकालले स्वास्थ्य केन्द्रको जिम्मेवारी समाले संगै धेरै सुधार भएको स्थानीयको भनाई छ । साथै सत्यवती तीन ठुलोलुम्पकेमा पहिरो जादाका बखत डाक्टर शिला ढकालले देखाएको चासो र उद्धारमा घटीएको क्षण कहिल्यै भुल्न नसकिने स्थानीय सीता ढकालले बताए ।
ढकालले नेतृत्व गरे संगै याक्सरे ,भिडियो याक्सरे , ल्यापको स्तर वृद्धी,रेविज विरुद्धको भ्याक्सीन,सर्पदंशको उपचार जस्ता स्वास्थ्य सेवा सुविधा सुधार संगै वृद्धी भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता