जिल्ला प्रशासन कार्यालय गुल्मी बाट १५ मिनेटमै सेवा



२२ पुस, गुल्मी ।

गुल्मी जिल्ला प्रशासनले नागरिक मैत्री सेवा दिने थालनी गरेको छ । जिल्ला प्रशासनमा विभिन्न सेवा लिनआउने सेवाग्रहीले छिटो छरितो सेवा पाएसँगै प्रशासनले दिनेसेवा प्रति सेवाग्रहीले खुसी व्यक्त गरेका छन् । प्रशासनले सेवाग्राहीको कामलाई अधिकत्तम छिटो छरितो सेवा दिन थालेको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता लगायत प्रशासनबाट हुने विभिन्न सेवा १५ मिनेटमै दिन सुरुवात गरेको छ । यसले गर्दा जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिन आउने सेवाग्राही प्रशासनको काम प्रति सहज भएको छ ।

सेवाग्राहीहरु कसैको भनसुनमा नभई स्वयमले छिटो छरितो र हुन सक्ने काम आफैंले गर्न सक्ने वातवरणसहित सेवा प्रवाह प्रशासन कार्यालयबाट प्रदान गरिएको छ । जसले गर्दा सेवाग्रही प्रशासनले दिने सेवाप्रति सन्तुष्ट भएको बताउँछन् ।नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै प्रशासन कार्यालयले प्रवेशद्वारमा नै सेवाग्राहीको लागि सहायकता कक्ष र फ्री वाइफाई सेवा समेत दिएको छ । प्रशासन कार्यालयमा कुनैपनि सेवा लिन आउने सेवाग्राही लाइन लाग्ने समय बाहेक १५ मिनेटमै सेवा पाउने जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बताए ।

प्रशासनमा आउने सेवाग्राहीसँग नम्रबोली बालेर सेवा दिन कर्मचारीहरुलाई निर्देशन पनि गरेको भण्डारीले बताए ।प्रशासनले सेवाग्रहीको सहजताको लागि कार्यालय परिसरमै नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

साभार अनलाइन खबर

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता