जहाज उड्यो भने अमुख पार्टीले फाइदा लिन्छ भनेर रोक्ने काम भयो: प्रदीप ज्ञवाली



अनिल खत्री
१९ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० को सिरमीचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा सम्झौता अनुसारका काम सबै सकिए पनि उडान अनिश्चित बनेको छ । रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन नसक्नु खास कारण चुनाव अगाडी जहाज उड्यो भने अमुख पार्टीले फाइदा लिन्छ भनेर रोक्ने काम भएको नेकपा एमालेका उपमहासचिव एवं गुल्मी क्षेत्रनम्बर–१ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।
१६ वर्षअगाडी रेसुङ्गा नगरपालिका वडानम्बर –१० थालेमालेमा तत्कालिन पर्यटनमन्त्री प्रदीप ज्ञवालीको पहलमा ‘रेसुङ्गा विमानस्थल’ को निर्माण कार्य सुरु गरिएको थियो । गत भदौंमा परिक्षण उडान सम्पन्न गरेर अहिले व्यवसायिक उडान हुनुपर्नेमा अनाबश्यक राजनितिकरण गरेको ज्ञवालीले बताए ।
कतिपय एयरलाइन्सहरुले नियमित उडानका लागि प्राधिकरणमा निवेदन दिएको ज्ञवालीले बताए । जनताले बुझनु भएको छ को विकास बिरोधी हो भनेर ज्ञवालीले भने अहिले भन्दा चुनावी प्रचार भनेर भन्लान तर निर्माण कार्य सम्पन्न भएर पनि उडान हुन नदिनु दुर्भाग्यपूर्ण कुरा हो ।
जिल्लाबाट कति मान्छे भैरहवा भएर काठमाडौं जान्छन् बस, हाइस, निजि गाडी भएर काठमाडौं जान्छन् त्यो सबै तथ्याङ्क हेरेर विमानस्थलको निर्माण कार्य अगाडी बढाइएको ज्ञवालीले बताए । गत बैशाखमै निर्माण कार्यसम्पन्न भएको विमानस्थलमा अहिले टिकटक बनाउने र घुम्ने पार्क बनेको छ ।
निर्माण सम्पन्न भएको पाँच महिना कटिसक्दा पनि रेसुङ्गा विमानस्थल संचालनमा आउन सकेको छैन । धावनमार्ग, टर्मिनल भवन लगायतका आवश्यक संरचना बनेर सकिएपनि विमानस्थल भने अझैसम्म पनि संचालनमा आएको छैन ।
जसले गर्दा निर्माण भएका संरचनामा समेत क्षती गर्न सुरु गरेका छन् ।समयमै संचालनमा नआएपछि विमानस्थलमा नाचगान गर्ने, सवारी सिक्ने, टिकटक बनाउने, फोटो खिच्ने लगायतका गतिविधि हुने गरेका छन् । जसले गर्दा नागरिकमा विमानिस्थल संचालनमा आउने आशा हराइसकेको स्थनीय गीत भण्डारीले बताइन् ।
विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर बी–कोई श्रेष्ठ जेभीले कुल चार करोड पाँच लाख २९ हजार ६१० लागतमा ०७६ को चैतमा निर्माण गरेको हो । हालसम्म स्थानान्तरण गरिएका परिवारलाई मुआब्जा वितरण, धावनमार्ग निर्माण, कन्ट्रोल टावर, नाली निर्माण, पर्खाल लगायतका काममा अहिलेसम्म ३२ करोडभन्दा बढी रकम खर्च भएको छ ।
रेसुङ्गा बिमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता