जन्म दिनको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण !



मङ्सिर २१ गुल्मी ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक सिमलटारी शाखाका प्रबन्धक दिपक पाण्डेले आफ्नो जन्म दिनको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन ।
मालिका गाउँपालिका -८ दघास स्थित थानपती आधारभुत विद्यालयमा अध्यापन गर्ने दुई जना छात्राछात्रलाई नगद सहित शैक्षिक सामाग्री प्रदान गरेको विद्यालयलका शिक्षक राजु पौडेलले जानकारी दिए ।
जन्म दिनमा अन्य फजुल खर्च गर्न भन्दा जेहेन्दार विद्यार्थीलाई सम्मान स्वरुप शैक्षिक सामाग्री प्रदान गर्दा विद्यार्थीको मनोबल बढ्नुका साथै अध्ययनमा थप रुचि वृद्धि होस भन्ने उद्देश्यले शैक्षिक सामाग्री हस्तान्तरण गरेको पाण्डेले बताए ।

जन्म दिन तथा अन्य उत्सवमा गरिने यस्ता क्रियाकलापले समाज रुपान्तरणमा टेवा पुराउने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद अर्यालले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता