जनहित माध्यमिक विद्यालय मल्ममा सर्वपक्षिय बैठक सम्पन्न ।



कौरव खत्री ,बागलुङ ४ भदौ ।

बागलुङको गलकोट नगरपालिका ७ मल्म स्थित जनहित माध्यमिक विद्यालयमा सर्वपक्षिय बैठक सम्पन्न भएको छ ।

बुधवार बसेको बैठकले २०७५ को एसईई परीक्षाको नतिजा विश्लेषण गदै आर्थिक वर्ष २०७५÷०७६ को विद्यालयको आन्तरिक सामाजिक परीक्षणको समेत अनुमोदन गरेको छ ।

साथै सोही अवसरमा एसईई उत्तिर्ण विद्यार्थीबाट सर्टि्फिकेट बापतको शुल्क २ हजार ५ सय कायम गरिएको छ । त्यस्तै केहि दिन पहिले जिल्ला स्थित विद्यार्थी नेताहरुले जनहित माध्यमिक विद्यालयको विषयमा एसईई सर्टि्फिकेट बापतको रकम रु १० हजार विद्यार्थीबाट लिईएको भनि सामाजिक सञ्जालमा प्रकाशित विषयप्रति बैठकले आपत्ति जनाएको छ ।

विद्यालय र समग्र वडाको प्रतिष्ठा माथि आच आउने खालको भ्रामक अभिव्यक्ति केहि व्यक्तिहरुबाट सामाजिक सञ्जालमा आउनु दुखद रहेको भन्दै विद्यालयले आगामी दिनमा यस्ता खालका गलत क्रियाकलाप नगर्न अनुरोध समेत गरेको छ ।

विद्यालयले विद्यार्थीबाट कुनै पनि सर्टि्फिकेट बाहेकको थप शुल्क नलिएको विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद गौतमले जानकारी दिए ।

बैठकमा गलकोट नगरपालिका वडा नं ७ मल्मका जनप्रतिनिधी, जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधीहरु, समाजसेवी, शिक्षाप्रेमी, सरोकारवाला, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

सर्वपक्षिय बैठक जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म बागलुङको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता