जनताको मतलाई अपमान गर्ने उम्मेदवारलाई मतदान नगर्नु : नेता जिसी



कात्तिक ३ गुल्मी ।
गठबन्धन बाट गुल्मी २ प्रदेश ख मा साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका युवा नेता बुद्धि जिसीले जनताको मतलाई अपमान गर्नेलाई मतदान नगर्न आग्रह गरेका छन् ।
आज धुर्कोट गाउँपालिका ६ रजस्थलमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले भने ” तपाईंहरुले कुनै नेतालाई मत दिएर प्रदेश
सांसद बनाएर ५ वर्षको लागि पठाउनु हुन्छ तर सांसद सरकार परिवर्तनको बेला पैसाको लोभमा परेर पदनै फालेर अर्कै बाटो रोजेर जान्छन् त्यस्ता उम्मेदवार प्रती सचेत रहनुपर्छ ” । साथै नेता जिसीले आफ्ना प्रतिद्वन्दी तर्फ लक्षित गर्दै, त्यस्ता उम्मेदवार फेरि पनि तपाईंहरुको घरदैलोमा मत माग्न आउन सक्छन् त्यस्तालाई बहिष्कार गर्नु पर्छ जसले जनताले दिएको नासोलाई हिफाजत गरेर राख्न सक्दैन, जनताको मत कदर गर्न सक्दैन त्यस्तालाई किन मतदान गर्ने भन्दै प्रश्न समेत गरे ।

फरक प्रसङ्गमा जिल्ला भर गठबन्धन पवित्र भएको बताउदै गठबन्धनका सबै उम्मेदवारले विजय हासिल गर्ने उनले दावी गरे । विकास कस्तो हुन्छ,विकास कसरी गर्नु पर्छ भनेर देखाउन र जनताको जिविको पार्जनमा सुधार ल्याउन गठबन्धनको जित अपरिहार्य रहेको उनले बताए ।
त्यस्तै राष्ट्रिय प्रसङ्गमा पाँच दलिय सत्ता गठबन्धनले जिते मात्रै देशको व्यवस्था , संविधान र गणतन्त्रको रक्षा हुने बताउदै देशभर नै गठबन्धनको जित आवश्यक र त्यो सुनिश्चित रहेको उनले भनाई थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता