छोरीको पास्नीको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार !



 जेठ २४ गुल्मी ।

छोरीको पास्नीको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । जिल्लाको मालिका गाउँपालिका ८ घर भई हाल बुटवलमा व्यवसाय गर्दै आउनु भएका खुमराज खड्काले स्थानीय थानपती आधारभुत प्राविका दुई जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।

उनले गत जेठ १८ गते परेको आफ्नी छोरी आयङ्का खड्काको पास्नीको अवसरमा दुई जना विद्यार्थीलाई एक-एक दर्जन कपि, कलम, एक-एक सेट झोला र ड्रेसको लागी दुई दुई हजार उपलब्ध गराएको विद्यालय स्रोतले जानकारी दिएको छ । मंगलबार मालिका गाउँपालिकाका कार्यपालिका सदस्य कमल सुनार ,वडा सदस्य लेखनाथ
अर्याल , शिक्षक अभिभावक संघका अध्यक्ष माया जिसिले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन ।

No description available.

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य कलम सुनार र वडा सदस्य लेखनाथ अर्यालले खुमराज खड्काको परिवारले उत्कृष्ट र समाजमा अनुकरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । समाजका अन्य नागरिकले पनि विभिन्न उत्सवमा हरुमा गरिने फजुल खर्च जोगाएर सामाजिक काममा खर्चिनु पर्ने उनिहरुको धारणा थियो ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद अर्यालले पनि आफ्नो विद्यालयमा नयाँ कार्यक्रमको सुरुवात भएको र यस्ता कार्यक्रमले आगामी दिनमा पनि निरंतरता पाउने अपेक्षा राखे । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष माया जिसिको अध्यक्षयता तथा शिक्षक राजु पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता