छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन



अनिल खत्री
२७ फागुन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन गरिएको छ । मन्दिरको शनिवार एक कार्यक्रमका बिच इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले उद्घाटन गरेकी हुन् ।
०५६ सालमा निर्माण गरिएको मन्दिर जीर्ण बनेकाले नयाँ मन्दिर बनाइएको हो । खड्ग जालपा देवी मन्दिर इस्मा गाउँपालिकाको आर्थिक सहयोग र उल्का छत्रदेवीको मन्दिर स्थानीय टिकाबहादुर रानाले निर्माण गरेका थिए ।
मन्दिरको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष कुँवरले मन्दिर निर्माण भएपनि अरु बाँकी धेरै कामहरु रहेको बताइन । उनले यस मन्दिरको पूर्ण रुपमा निर्माण गर्न गाउँपालिकाको तर्फबाट आबश्यक सहयोग गर्ने बताइन् ।
गाउँपालिका भित्र रहेका कला, संस्कृतिको संरक्षण र त्यसको निर्माण गर्नु गाउँपालिकाको दायित्व रहेको उपाध्यक्ष कुँवरले बताइन् । अहिले गाउँपालिकाले पालिका भित्र विकास निर्माणका कामहरु टोल सुधार समितिबाट काम गर्दै आएकाले तोकिएको र पारदर्शी रुपमा काम हुने गरेको बताइन ।
इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा मन्दिर निर्माण गर्न सफल भएको मन्दिर निर्माण समितिका अध्यक्ष राजन कुँवरले बताए । गाउँपालिकासँगै मन्दिर निर्माण कार्यमा आर्थिक र मन्दिर जनिकै गेट निर्माण अरु धेरै कार्यमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
मन्दिर उद्घाटन कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्य, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी स्थानीयहरको सहभागिता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता