छत्रकोटमा आइतबार पनि पठनपाठन हुने



अलिन खत्री १९ जेठ, गुल्मी ।

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्ररहेका सबै विद्यालय सञ्चालन गर्ने भएको छ ।

गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा आइतबार भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन हुने छत्रकोट गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा बसेको जनप्रतिनिधि कर्मचारी र प्रधानाध्यापकहरुको बैठकले उक्त निर्णय गरेको हो ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ का कारण लामो समय अस्तव्यस्त रहेको पठनपाठनलाई पुरानै लयमा फर्काउने उदेश्यले आइतबार बिधालय खोल्ने निर्णय गरिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

विद्यार्थी र अभिभावकको मनसाय बुझेर आउँदा आइतबारदेखि नियमित बिद्यालय सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले जानकारी दिए ।

दुई दिन बिदा हुँदा विद्यार्थीको पढाईमा असर पर्ने र उनीहरु बिग्रने सम्भावना भएकाले पहिले जस्तै आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको पन्थीले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता