छत्रकोटको देवि भगवती मन्दिरको लागी बिष्णु कंडेल द्धारा १ लाख ५० हजार सहयोग



चुणमणी तिमिल्सिना -कात्तीक २६ ,गुल्मी ।

छत्रकोट गाउँपालिका वडा नम्वर तीनमा अवस्थित देवि भगवती मन्दिरको मुहार परिबर्तन गर्नको लागि सामाजिक सन्जालबाट सहयोग सन्चालन गरेर मन्दिर प्रवेश द्वार निर्माण अभियान लाई सफल पार्न यती खेर देश तथा बिदेश बाट निरन्तर रुपमा केही दिन अगाडी देखि सहयोग जुटिरहेको प्रवेश द्वार निर्माण अभियान्ता पोमलाल कंडेलले बताउनु भयो । आफुहरु यहीँ भुमिमा जन्म लियर यहि हुर्कियर उच्च शिक्षा पछी विभिन्न ठाउँमा पुगेर आर्जन गरेको पैसा केही प्रतिसत दान पुन्य कार्यमा लगाउन आफुहरु तयार भएको दान वीर बिष्णु प्रसाद कंडेलले बताउनु भयो । कंडेलले हालै निर्माण हुन लागेको प्रवेश गेट्को लागि स्व बुवा टिकाराम र आमा चुर्णकला कंडेलको सम्झनामा रु १ लाख पचास हजार सहयोग प्रदान गर्नु भएको हो कंडेलल आफू हाल लन्डन्मा भएको र आफ्ना भाइ बन्धु हरुलाइ पनि यश अभियान् लाई सफल पार्न आफू निर्माण अभियान्ता पोमलाल शीत निरन्तर सहकार्य गरेर अगाडी बड्ने बताउनु भयो ।

यश भालु पानीको मुहार परिबर्तन तथा छत्रकोटमा पर्यटन प्रबधन गर्नको लागि आफुहरु रात दिन सामाजिक सन्जालमा रहेर सहयोग अभियान लाई अगाडी बडायको पत्रकार तथा निर्माण समितिका सदस्य भुबन भुसालले बताउनु भयो। भुसालले आफ्नो क्षेत्रमा पोमलाल कंडेल तथा गिता कंडेल ले हनुमानजि को मन्दिर बनाउन सुरु गरेपछि निरन्तर रुपमा भालुपानीको प्रचारप्रसार समेत भैरहेको बताउनुभएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता