चिसोबाट बच्न गुल्मेलीलाई जिल्ला प्रशासन गुल्मीको आग्रह



पुस -१४ गुल्मी ।

चिसो बाट बच्न जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लावासीलाई अनुरोध गरेको छ । वुधवार प्रशासनले एक सुचना जारी गर्दै जिल्लाभर वर्षात र केही स्थानमा भारी देखी मध्यम हिमपात भएको जानकारी गराउदैं चिसो बाट बच्न आम सर्वसाधरणलाई अनुरोध गरेको हो ।

साथै प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले हस्ताक्षर गरेको सुचनामा भनिएको छ । “प्रतिकुल मौसममा बालबालिका,वृद्धवृद्धा र दीर्घरोगीहरुले विशेष ख्याल गरी सबैले शरिर तातो हुने खाने कुरा र न्यानो कपडा प्रयोग गर्न अनुरोध छ” ।

त्यस्तै काठदाउरा तथा विद्युतिय तापजन्य सामाग्रीको प्रयोग गर्दा अक्सिजन आपुर्ती हुने गरी सावधानी पुर्वक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता