चन्द्रकोट गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण



असार २४ गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई साना कृषी औजार वितरण गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण कार्यक्रम अन्तर्गत ७१ जना किसानलाई कृषि उपकरण प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।
३२ वटा हाते ट्याक्टर(मिनिटेलर),६ वटा चापकटर,२९ वटा मिनिमिल र चार वटा थ्रेसर प्रदान गरिएको हो । जसमा गाउँपालिका र किसानको सम्मान १८ लाख ८० हजार / १८ लाख ८० हजार गरि ३७ लाख ६० हजार लगानी रहेको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले उल्लेख गरे ।

बिहीवार कृषि औजार किसानलाई हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष युवराज केसीले कृषि औजार सहि ढङ्गले प्रयोग गर्न आग्रह गरेका छन । साथै कृषि उपकरणले लागत घट्ने , उत्पादन बढ्ने हुँदा यसले किसानालाई प्रत्यक्ष फाईदा पुराउने र व्यवसायीक किसान बन्न प्रेरणा मिल्ने अध्यक्ष केसीको भनाई रहेको छ ।
चन्द्रकोट गाउँपालिकाले कृषकलाई प्राथमिकतामा राखेर काम गरेको बताउदै आगामी वर्षमा पनि किसानको जीवन स्तर उकास्ने र व्यवसायीक किसान उत्पादन गर्नको लागि विभिन्न कार्यक्रम गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता