चन्द्रकोटमा बन्यो ८४ लाख लागतमा बहुउद्देश्यीय सभाहल !



पुस -२७ गुल्मी ।

जिल्लाको चन्द्रकोट गाउँपालिकामा बहुउद्देश्यीय सभाहलको उद्घाटन गरिएको छ ।
सोमबार गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले एक समारोह बिच नवनिर्मित सभाहलको उद्घाटन गरेका हुन । उद्घाटन गर्दै अध्यक्ष खत्रीले सभाहल निर्माणमा सहयोग गर्ने लुम्बिनी सरकार , पालिका परिवार र पालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा जग्गा दाना गर्न दाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

गाउँपालिकाको वडा नम्बर चार शान्तिपुरमा निर्माण गरिएको उक्त बहुउद्देश्यीय सभाहलमा चन्द्रकोट गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको लगानी रहेको छ । गाउँपालिकाको २४ लाख ७९ हजार २ सय २१ र लुम्बिनी प्रदेशको ६० लाख लगानी रहेको प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले बताए ।
सभाहल सबैको साझा भएकाले सबै जनाता, विभिन्न संघ संस्था तथा राजनीतिक दलले समेत प्रयोग गर्न पाउने चन्द्रकोट गाउँपालिकाले जनाएको छ।

एक वर्ष भित्र सक्ने गरी २०७७ साल फागुन ६ गते आकृति मालिका कन्स्ट्रक्सन प्रालि काठमाडौले ठेक्का लिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता