चन्द्रकोटमा बन्यो दुई वडा जोड्ने ९७ मिटर लामो झोलुङ्गे पुल !



फागुन २६ गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाका दुई वटा वडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । वडा नम्बर ४ रेमी र वडा नम्बर ६ क्वाङ्गदी गरा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको हो ।
बिहिवार गाउँपालिका अध्यक्ष युवराज केसीले एक कार्यक्रमका बिच पुलको उद्घाटन गरेका हुन ।
क्षेत्रगत कार्यक्रम , चन्द्रकोट गाउँपालिका र स्थानीय उपभोक्ताको श्रमदान सहित ४७ लाख ३९ हजार नौ सय ३४ रुपैयाँ लगानीमा ९७ मिटर लामो पुल निर्माण भएको हो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिए ।

एक वर्षको अवधीमा पुल निर्माण भएको हो ।
पुलले दुई गाउँको भूगोललाई मात्र नभई दुई गाउँको आर्थिक विकास र कृषिलाई समेत जोडेको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए ।

झोलुङ्गे पुलले क्वाङ्गदी गरा र रेमीकाे दुई विकट गाउँलाई निकट बनाउनुका साथै व्यवसायिक कृषि र पशुपालनकाे क्षेत्रलाई समेत सहज बनाउने अपेक्षा गाउँपालिकाले लिएको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता