गोकर्ण विष्टको, गृह पालिका इस्मामा गठबन्धनको वर्चस्व



जेठ १ गुल्मी ।

अहिले देश भर स्थानीय तहको निर्वाचनको मतगणना भैइरहेको छ । त्यस्तै गुल्मीका दस स्थानीय तहमा पनि मतगणना चलिरहेको छ भने दुई स्थानीय तह गुल्मी दरवार गाउँपालिका र रेसुङ्ग नगरपालिकाको मत नतिजा सार्वजनिक भएको छ । दुबै स्थानीय तहको प्रमुख उपप्रमुखमा नेपाली काङ्ग्रेसले जित निकालेको छ ।
यस्तै गठबन्धनले गोकर्ण विष्टको गृह पालिका इस्मा गाउँपालिकामा पनि आफ्नो वर्चस्व कायम राखेको छ । इस्मा गाउँपालिकाको वडा नम्बर एक हस्तिचौर र वडा नम्बर छ अमरपुरमा गठबन्धनका उम्मेदवार हरु प्यालन सहित विजयी भएका छन ।
वडा नम्बर एकमा वडा अध्यक्ष पदका उम्मेदवार नेपाली काङ्ग्रेसका शेर बहादुर कुवरले ८ सय ७४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नाम बहादुर कुवरले सात सय १६ मत ल्याए ।
त्यस्तै यता वडा नम्बर छ अमरपुरमा पनि गठबन्धनले ३० वर्ष पछि एमालेलाई पराजित गर्न सफल भएको छ । वडा अध्यक्ष पदका उम्मेदवार नेपाली काङ्ग्रेसका ढाल बहादुर कुवरले एमालेका उम्मेदवार तथा निवर्तमान वडा अध्यक्ष हिरा जिसिलाई ८९ मतले पछि पार्दै जित निकालेका छन । कुवरले ९७० मत प्राप्त गर्दा जिसिले ८८१ मत ल्याउन सफल भएका थिए ।
त्यस्तै अहिले वडा नम्बर दुईको मतगणना चलिरहेको छ । ८ सय मतगणना हुँदा गठबन्धनका उम्मेदवार लेखनाथ आचार्यले ४१४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार राजेन्द्र विक्रम कुवरले तीन सय ५६ मत प्राप्त गरेका छन ।
त्यस्तै गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार अगाडी रहेका छन काङ्ग्रेसका भगवत खड्काले १९६२ मत ल्याउदा एमालेका हिरा एसीले १८३८ मत पाएका छन । त्यस्तै उपाध्यक्षमा काङ्ग्रेसकी पार्वती कुवरले २०९१ मत ल्याउदा एमालेकि बिमला खत्रीले १६८८ मत प्राप्त गरेकी छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता