गोकर्ण विष्टको कानमै गएर हाम्रो उम्मेदवार रामकुमारी हो भन्ने दिन आयो: नेता पहराई !



कात्तिक २५ गुल्मी ।

नेपाली काङ्ग्रेसका नेता तथा लुम्बिनी प्रदेशका समानुपातिक पदका उम्मेदवार छन्त पहराईले गोकर्ण विष्ट र एमालेजनलाई कानमै गएर हाम्रो उम्मेदवार रामकुमारी झाँक्री हो भनेर भन्नू पर्ने अवस्था आएको बताएका छन् । आज मालिका गाउँपालिका ८ नमतामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
गोकर्ण विष्टले केन्द्रमा काङ्ग्रेस माओवादीको उम्मेदवार छैनन् तपाईंहरुको उम्मेदवार म हुँ भन्दै भोट माग्ने र प्रचार गर्दै हिडेको बताउदै एमालेको नक्कली कुरा नपत्याउन उनले सबैलाई आग्रह गरे ।
काङ्ग्रेस ,माओवादी , समाजवादी र जनमोर्चाको संघमा साझा उम्मेदवार रामकुमारी झाँक्री र प्रदेशमा बुद्धि जिसी रहेको उनले प्रष्ट समेत पारे ।
मुसिकोट नगरपालिकाको कुर्घा मालिका मन्दिरमा चिच्चाएर वर माग्ने प्रचलन रहेको जानकारी गराउदै अब एमालेजनको कानमै गएर चिच्याउनु पर्ने अवस्था आएको उल्लेख गरे ।
साथै उनले एमालेजनलाई गलत प्रचार गरेर जनतालाई भ्रमित पार्ने , गठबन्धनको पक्षमा उभिएका जनतालाई विभिन्न नहुने ,लोभ प्रलोभनमा पार्ने धम्काउने जस्ता गतिविधि नगर्न चेतावनीसमेत दिएका छन । उनले भने “ लोकतन्त्रमा बिचार रोज्ने ,स्वतन्त्र ढंगले मतदान गर्ने अधिकार हुने बताउदै त्यस्ता तपाईंहरुका हर्कत बन्द गर्नुस् ´´ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता