गोकर्ण विष्टको आराेप, ‘माओवादी अस्थिर र एकीकृत समाजवादी पदका लागि खोलिएको पार्टी’



सन्तोष महतारा ।

२३ पुस, गुल्मी । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सचिव गाेकर्ण विष्टले नेकपा माओवादी केन्द्र अस्थिर र अवसरवादी पार्टी भएको आराेप लगाएका छन् । नेकपा एमाले गुल्मीको ११ औं जिल्ला अधिवेशनलाई उद्घाटन शत्रमा सम्बाेधन गर्दै प्रमुख अतिथि विष्टले अस्थिरता चाहने र अवसर खाेजिरहने पार्टी माओवादी केन्द्र भएको आराेप लगाएका हुन् ।

‘नेकपा माओवादी केन्द्र देशको एकमात्र अस्थिर र अवसरवादी पार्टी हो ।’ पूर्व मन्त्री बिष्टले भने, “माओवादीकाे सिकेर सिधै कुर्सीमा जन्मिएकाे पार्टी एकीकृत समाजवादी पार्टी हो, जसको धेरै चर्चा गर्नु जरुरी छैन ।” माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी पार्टी पदका लागि मात्र खाेलिएकाे भन्दै कुर्सीमा जन्मिएकाे विष्टले आराेप लगाएका हुन् ।

माओवादी र समाजवादीकाे साथले सरकार चलाइरहेको नेपाली काङ्ग्रेसप्रति लक्षित गर्दै विष्टले आर्थिक वर्षकाे ५ महिना वितिसक्दा पनि मात्र ७ प्रतिशत विकास बजेट खर्च गर्ने सरकारको कुनै आश गर्नु बेकार रहेको बताए । सरकार विस्तार गर्नकाे लागि ८८ दिन लगाएको प्रसङ्ग जाेड्दै विष्टले काङ्ग्रेस सरकारमा हुनु र यो देशमा सरकार नहुनु बराबर रहेको टिप्पणी गरे ।

कार्यक्रममा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिष्टले जनताको आवाजलाई प्रतिबिम्ब गर्ने संसद अवरुद्ध हुनुको प्रमुख कारण एमाले नभएर सभामुख भएको बताएका थिए । सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसक्दा संसद अवरुद्ध भएको उनको भनाइ रहेको छ ।

दुई छिमेकी ठूला शक्ति राष्ट्र भारत र चिनकाे बिचमा रहेको नेपालले उनीहरूसँग प्रतिषपर्भा गर्न नसकेको भन्दै नेपालमा अर्थतन्त्रकाे मुख्य आधार कृषि भएपनि वर्तमान सरकारले कृषकको जीवनमा कुनै रुपान्तरण गर्न नसकेको बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी गुल्मीको उद्घाटन शत्र समाप्तिपछि बन्द शत्रका कार्यक्रम हुनेछन् । जिल्ला अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुने निश्चित जस्तै बनेको बताइएको छ । अन्य पदाधिकारीमा भने आकांक्षी धेरै रहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता