गृह जिल्ला गुल्मी पुगेर विष्टले भने प्रधानमन्त्री ज्यु नैतिकता छ, भने तुरुन्तै राजीनामा दिनुस्



१५ फागुन, गुल्मी।

नेकपाका केन्द्रिय सदस्य तथा स्थायी कमिटीका सदस्य गोकर्ण राज विष्टले प्रधानमन्त्री केपि शर्मा ओलीको राजिनामा मागेका छन ।

शनिबार प्रचण्ड माधव समुहले गुल्मी सदरमुकमा तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “प्रधानमन्त्री ज्यु विगतको इतिहास हेर्नुहोस् तपाईंमा अलिकति पनि नैतिकता छ भने राजिनामा दिएर नेपालमा नयाँ प्रकारको ढोका खोल्नुहोस् ” ।

 दुनियाँमा सरकारले सानो त्रुटि गर्दा राजीनामा दिएका अभ्यासहरु धेरै छन । त्यसैले तपाईंले आफैले विघटन गरेको संसदमा धेरै दिन बस्न सुहाउन । साथै उनले प्रचण्ड माधव समुहले कुनै लोभ र पदको लागी आन्दोलन नगरेको समेत दावी गरेका छन ।

देशको व्यवस्था , पार्टीको सिद्धान्त जोगाउन र केपि ओलि प्रवृत्तिको अन्त्य गर्न पार्टीको सङघर्ष गर्नु परेको जिकिर गरेका छन ।

साथै केहि बाटो बिराएर ओलि समुह तिर लागेका कम्रेडहरु पनि बिना आग्रह पुर्व आग्रह प्रचण्ड माधव समुहले नेतृत्व गरेको मुल पार्टी नेकपामा फर्कने विश्वास समेत व्यक्त गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता