गुल्मी –२ बाट झाँक्री सर्वसम्मत सिफारिस



हुमाकान्त पोखरेल, गुल्मी २६ भदौ ।

एकीकृत समाजवादी, गुल्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गुल्मी क्षेत्र नम्बर २ को लागि पार्टीका केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई सिफारिस गरेको छ ।

समाजवादीको शनिबार सदरमुकाम तम्घासमा सम्पन्न बैठकले सर्वसम्मत झाँक्रीलाई संघीय निर्वाचन क्षेत्रको उम्मेदवारका रुपमा सिफारिस गरेको पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य राममल्ल ठकुरीले जानकारी दिए ।

‘गठबन्धनबाट झाँक्री कमरेडलाई उठाउदा जित्ने सम्भावना छ ।’ ठकुरीले भने, ‘हामीले जित्नेगरी निर्वाचनको तयारी थालेका छौ ।’ बैठकले पार्टीका संस्थापक अध्यक्ष श्रीराम महतलाई पुन: जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ । पार्टी अध्यक्ष नरेश भण्डारी एमालेमै फर्केपछि एकीकृत समाजवादीले महतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता