गुल्मी मुसिकोट महोत्सवमा अतिथिलाई होमस्टेबाट सत्कार गरिने !



कौरव खत्री,गुल्मी १० माघ ।

गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारमा हुन लागेको प्रथम गुल्मी, पर्यटन,साँस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सवको अवसरमा अतिथिहरुलाई यस क्षेत्रमा रहेका होमस्टेबाट सत्कार गर्ने व्यवस्था मिलाईएको छ ।

आँउदो माघ १५ गतेदेखि २६ गतेसम्म अर्थात १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँबाट आउने अतिथि पाहुनाहरुको इच्छा बमोजिम नगरपालिकाभित्र रहेका ३ वटा होमस्टेमा बस्ने व्यवस्था मिलाईएको महोत्सवका आयोजक मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिए ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर आयोजना गरिएको महोत्सवमा स्थानीय कला–संस्कृति प्रदर्शन गर्ने,अतिथि सत्कार र मौलिक उत्पादनको प्रवद्र्धन गर्नका लागि पनि होमस्टे उत्कृष्ट हुने उनको धारणा छ । साथै यसले यस क्षेत्रको प्रचार प्रसारमा पनि सहयोग पुग्ने र पर्यटन आवागमनमा वृद्धि हुने विश्वास गरिएको बताए ।

प्रचारात्मक एवं सुझाव सकंलनका लागि नगरपालिकाका ९ वटै वडामा पुगेको आयोजकले स्थानीय होमस्टेलाई प्राथमिकता दिनुपर्ने सुझाव आएपछि अतिथिहरुलाई होमस्टेबाट सेवा सत्कार दिने गरी तैयारी थालेको हो ।

नगरपालिकाको वडा नं ६ मा रहेको कुर्घाको स्वाँरा होमस्टे, वडा नं ७ मालारानीको मालारानी होमस्टे र वडा नं ४ को दजाकोट होमस्टेमा त्यहाँका आर्गनिक खानेकुरा, संस्कृति तथा रहनसहनका बारेमा जानकारी गराई पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यले होमस्टेलाई अतिथि सत्कारको प्रमुख प्राथमिकताका रुपमा राखिएको महोत्सव प्रचार प्रसार एवं सुचना संयोजक ज्ञानहरी सापकोटाले बताए ।

साथै स्वाँरा होमस्टेमा गुरुङ्गहरुको खानाका परिकार, उनीहरुको रहनसहन र संस्कृतिले अतिथिहरुलाई स्वागत गर्ने उनको भनाई छ । त्यस्तै दजाकोट होमस्टेमा स्थानीय मगर जातीका संस्कृति, झाँकी, कोदोको विभिन्न परिकार, सँगै मालारानी होमस्टेमा स्थानीय पूराना भेषभूषा, पुराना खानेकुरा र विभिन्न ठाउँको मनोरम दृश्यावलोकन गर्न सकिने छ ।

महोत्सवमा विभिन्न ठाउँबाट आउने अतिथि कलाकारहरुलाई उनीहरुले चाहेको खण्डमा होमस्टेसम्म पुग्नका लागि यातायात र न्यूनतम शुल्कमा आवास सँगै स्थानीय खानाका परिकारहरु उपलब्ध गराउने सघंका कोषाध्यक्ष गोपिकृष्ण खरेलले जानकारी दिए ।

यस क्षेत्रमा रहेका होमस्टेलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गराउँदै पाहुनालाई सत्कार, सद्भावको महसुस गराउने उद्देश्यले महोत्सवको अवसरमा यस्तो व्यवस्था गरिएको उनको भनाई छ । सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र स्थानीय सोरठी, भैलो, सरायँनाच नाचेर सांस्कृतिक मनोरञ्ज प्रदान गरिने छ ।

पाहुनाका लागि लोकल कुखुराको मासु, ढिँडो, सिस्नुको तरकारी,मकै (भटमास, मुलाको अचार लगायतका परिकारहरु रहने बताईएको छ ।पाहुनको अर्डर अनुसार खानाको व्यवस्थापन गरिने छ । बेलुकीको बासमा मगर जातीको हुर्रा नाचबाट सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता