गुल्मी बाट नेकपा(बहुमत) निकट केन्द्रिय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ !



तिलाचन पाण्डे- भदौ ३१,२०७९ गुल्मी। 
धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) बिद्यार्थी संगठनका केन्द्रिय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन् ।
जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट केन्द्रिय महासचिब रुपा बुढामगर सहित झण्डै दुई दर्जन बिद्यार्थी नेताहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पक्राउ गरेको छ ।
जिल्लाको सम्मेलनका लागि भेला भएका उनीहरुलाई क्याम्पसबाट प्रहरीले पक्राउ गरेको हो ।
यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले कम उमेरका बिद्यार्थीहरु सहभागी भएकाले सोधपुछका लागि ल्याइएको बताए ।
कम उमेरका बिद्याथीहरुलाई भेला तथा सभा समारोहमा सहभागी गराउन नपाइने भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको  खरेलले दाबी गरे
केन्द्रिय महासचिव रुपा बुढा मगर पनि कम उमेरको हो त भन्ने गुल्मी अपडेटको  प्रश्नमा उनले बुढालाई सोधपुछका लागि बोलाइएको उल्लेख गरे
अन्य बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सो समूहले यस अगाडि जिल्लामा चन्दा आंतक मच्चाएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले निगरानीमा राखेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता