गुल्मी : पहिलो पटक तीनै तहका ७५ जना कर्मचारीलाई दुई दिने तालिम !



फागुन ४ गुल्मी ।

कोष तथा लेखा नियन्त्रक कार्यालय  र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन गुल्मीको आयोजनामा जिल्लाका तिनै तहका कर्मचारीहरुको लागि तालिम प्रदान गर्न सुरु गरिएको छ ।
आज र भोलि गरि दुई दिन सम्म चल्ले तालिममा जिल्ला स्थित संघ ,प्रदेश र स्थानीय तहका लेखा प्रमुख,जिन्सी शाखाका प्रमुख र कार्यालय प्रमुख सहित ७५ जना कर्मचारीको सहभागीता रहेको छ ।

उनिहरुलाई सार्वजनिक सम्पतिको कसरी व्यवस्थापन र संरक्षण गर्ने ,खरिद बिक्री ,मिनाह र लिलाम सम्बन्धि अन्लाईन कसरी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिने कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख छबिन्द्र बेलबासेले जानकारी दिए ।

तालिमले समय र जनशक्तिको बचत हुनुका साथै,आवश्यक परेको खण्डमा विभिन्न फाँट  बाट प्राप्त हुने प्रतिवेदन समयमै पाउन सकिने मालिका गाउँपालिकाका लेखा प्रमुख रामकुमार केसीले बताए । साथै यस प्रकारको तालिम स्थानीय तहका कर्मचारीलाई स्थानीय तहको स्थापना हुन साथ दिनु पर्ने धारणा केसीले राखे ।
गुल्मी जिल्लामा पहिलो पटक आयोजना गरिएको सो तालिमको सहजीकरण महालेखा परिक्षक काठमाडौका नागेश्वर रायले गरेका छन ।
आज एक औपचारिक कार्यक्रमका बिच सुरु गरिएको तालिममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक,प्रहरी प्रमुख नविम किशोर प्रधान,सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता