गुल्मी दरबार गाउँपालिकामा एकीकृत घुम्ती सेवा शिविर सुरु !



पुस ८ गुल्मी ।
गुल्मी दरबार गाउँपालिकाले आज देखि एकीकृत घुम्ती सेवा शिविर सुरु गरेको छ । शुक्रबार वडा नम्बर एक बलिथुममा गाउँपालिका अध्यक्ष सरोज थापाले उद्घाटन गर्दै शिविरको सुरुवात गरेका हुन ।
शिविरको उद्वाटन गर्दै अध्यक्ष थापाले स्थानीय सरकारको अनुभुती हुने गरि जनतालाई घर टोलमै सेवा प्रवाह गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
शिविर बाट ९१ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र ,३४ वटा व्यवसाय नविकरण,३४ जना किसानको माटो परिक्षण ,८२ जनाको स्वास्थ्य परिक्षण , ४७ जना किसानलाई पशु औषधि वितरण र १५ वटा योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
साथै उपभोक्ता समितिमा आवद्ध भएका ७५ जनालाई प्रशिक्षण समेत दिईएको पाण्डेले उल्लेख गरे ।
घुम्ती शिविर गुल्मी दरबार गाउँपालिकाका ७ वटै वडामा एक/एक दिन सञ्चालन हुने छ ।
आज वडा नम्बर १ बाट सुरु भएको एकीकृत घुम्ती सेवा शिविर पुस १४ गते वडा नम्बर सात अमरअर्बाथोकमा समापन हुनेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता