गुल्मी काङ्ग्रेस अधिवेशन: १ हजार ६ सय ९३ मत खस्यो, राती ८ बजे देखी मतगणना सुरु हुने



मङ्सिर -१२ गुल्मी ।

नेपाली काङ्ग्रेस गुल्मीको आठौं अधिवेशन अन्तर्गत मतदान सकिएको छ ।
विवादका कारण दुई दिन सम्म चलेको मतदानमा एक हजार छ सय ९३ मत खसेको काङ्ग्रेस गुल्मीका निवर्तमान सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार सात बजे आन्तरिक बैठक बस्ने र ८ बजे देखी मतगणना सुरु हुनेछ ।
हिजो देखी चलेको मतदान प्रक्रियामा जिल्लाको मुसिकोट नगरपालिकाका प्रतिनिधिले मतदान गर्ने मतपत्रमा संकेत भेटिएको भन्दै देउवा पक्षले जिल्लाको सबै मतदान पुनः गर्न माग गरेको थियो । यधपी अरु स्थानीयतहको मतदान प्रक्रियालाई यथावत राख्ने र मुसिकोट नगरपालिकाको पुनः मतदान गर्ने सहमति भए पछि आज दिउँसो चार बजे देखी मतदान सुरु भएको थियो ।

गुल्मीमा सबै पदको लागी निर्वाचन भएको छ ।गुल्मीमा सभापतिका लागी शेर बहादुर देउवा पक्षका वेद थापा मगर र राम चन्द्र पौडेल पक्षका खिलध्वज पन्थी बिच प्रतिस्पर्धा हुँदै छ ।
गुल्मी निर्वाचन क्षेत्र नम्वर एकमा ९ सय ३९ जना क्षेत्रीय प्रतिनिधि र दुईमा ८ सय २७ जना प्रतिनिधि रहेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता