गुल्मी अस्पतालको बार्षिक समिक्षा,कार्यसम्पादनको प्रसंशा, जनशक्ति व्यावस्थापन गर्नुपर्नेमा जोड



भदौ ३० गूल्मी ।

गुल्मी अस्पताल तम्घासले आफुले कार्यसम्पादन गरेका कामहरुको बार्षिक समिक्षा गरेको छ । जिल्लाका सरोकारवाला निकायकाबिच एक आर्थिक बर्षमा भएका व्यावस्थापकीय सवै पक्षहरुको बारेमा गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सरोकारवालाई जानकारी गराएका थिए । उनले जनशक्ति अभाव, भौतिक संरचनाको अवस्था, प्रयोगशालाको अवस्था र प्रभाव साथै विभिन्न फाँटहरुबाट प्रबाह भएका सेवाहरुको बारेमा जानकारी दिए । कार्यक्रममा सरोकारवालाले कम श्रोत र साधनकाबिच अस्पतालले नागरिककाबिचमा प्रर्दशन गरेको विश्वासको प्रसंसा गरेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले नागरिकमा स्थापित विश्वासलाई गुम्न नदिन सवैको सहयोग आवश्यक भएको बताए । उनले जनशक्ति व्यावस्थापनको चुनौति सवैतिरको समस्या भएपनि राज्यले अस्पताल जस्तो संवेदनशिल क्षेत्रलाई विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जहाँ कार्यसम्पादनका बिषय बाहेकका सृजनात्मक कामहरु पनि हून्छन् त्यो क्षेत्र र कार्यालय सवल बन्नेमा जोड दिए । उनले आफ्नो सेवाभित्रको काम पहिलो कर्तव्य भएपनि समुदाय र नागरिकका लागि रचनामत्मक कामको महत्वपूर्ण भूमिका हुने पौडेलले बताए ।

पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले राज्यस्तरबाट जनशक्ति व्यावस्थापन नभएसम्म गुणस्तरिय र छिटोछरितो सेवाको थप आशा गर्न नसकिएने बताए । पत्रकार हुमाकान्त पोख्रेलले जनशक्तिको अभावमा अति संवेदनशिल आइसियु सेवा संचालन नहुनु दुखद बिषय भएकाले केन्द्रिय नेतृत्वलाई दवाव दिन जिल्ला समन्वय प्रमुखको ध्यानाकर्षढा गराए ।

नागरिक समाजका संयोजक पदम पाण्डेयले गुल्मी अस्पतालले गुल्मी अस्पतालले ठुलो मुल्य र चुनौतिकाबिच गुमेको बिरासत फर्काएको स्मरण गराउँदै अझै पनि सुधारका थुप्रै काम रहेको बताए । उनले प्रयोगशाला थप छरितो बनाउने, बिमाका नागरिकको पहुच बृद्धि गर्ने र उपचारमा सेवाग्रहीलाई समन्वय तथा सहजीकरणमा काम गर्नुपर्नेमा जोड दिए । नेपाल नागरिक समाजका संयोजक गुणानिधी शर्माले नीतिमै जनशक्ति व्यावस्थापनको निकास निकाल्ने र डाक्टरहरुलाई आकर्षित गर्ने उपायहरुको बिषयमा जिल्ला स्तरिय नेतृत्वले सोच्नुपर्नेमा जोड दिए । उनले नागरिक समाज अस्पतालका समस्या र सहयोग दुवै बिषयसंगै नजिक भएकाले रचनात्मक सहयोगलेनै अस्पतालको थप वृति र विकास हुने बताए ।

सुशासन अभियान गुल्मीका सचिव बिनोद पाण्डेयले आफुले पनि एक कार्यकाल अस्पताल व्यावस्थापनको नेतृत्व गरेकाले बिशेषज्ञ डाक्टरहरुको बिषय निकै चुनौतिपूर्ण रहेको बताए । जन्मभूमि प्रतिको माया र सद्भाव भएर कारण डाक्टर उत्तमबाट लामो सेवा पाएको उल्लेख गर्दै जनशक्ति व्यावस्थापनमा सवैको सहयोग र दवाब चाहिने बताए । अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले प्रदेश स्तरका अस्पताहरु मध्ये आजको आजै रिर्पोट दिने गुल्मी अस्पताल भएको दावी गर्दै जनशक्तिको थप व्यावस्थापन भए सेवा सुधार गर्न सकिने बताए । उनले कम्जोर भौतिक संरचना र कम जनशक्तिकैबिच पनि अहिलेको उपलब्धि निकै सुखद रहेको बताए । पाण्डेयले सवै सरोकारवालासंग समन्वय र संवाद गरेर अस्पतालका अरु सेवाहरुको बिस्तार गरिने बताए । कार्यक्रम अध्यक्ष पाण्डेको अध्यक्षता, समन्वय प्रमुख खत्रीको प्रमुख आतिथ्यता, अस्पतालका व्यावस्थापक असिम चौधरीको स्वागत तथा लेखापाल भिमप्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता